पहिरोले घर पुरिँदा काठमाडौंमा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं, असार २७ : काठमाडौंको मुलपानीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं, असार २७ : काठमाडौंको मुलपानीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
कागेश्वर मनहरा नगरपालिकास्थित मुलपानीमा शुक्रबार पहिरोले घर पुरिँदा ३५ वर्षीया सर्मिला यादव, उनका छोरा १० वर्षीय कुन्दन यादव र २० वर्षीया निलु यादवको मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
बारा देवताल गाउँपालिका–५ स्थायी घरभई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा बस्दै आएका थिए। तीनै जनाको शव स्काभेटरको सहयोगमा बाहिर निकाल्ने काम भइरहेको एसएसपी सुवेदीले जानकारी दिए।
प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, असार २७, २०७६
थप समाचार






