Kathmandu Press

देशभरका नदीमा भीषण बाढी, पानीको सतहले खतराको सीमा नाघ्याे

काठमाडौं, असार २७ : दुई दिनदेखि लगातार देशभर परेको वर्षाले सबै नदीमा पानी वहाव बढेको छ। महाकालीवाहेक

देशभरका नदीमा भीषण बाढी, पानीको सतहले खतराको सीमा नाघ्याे
मौसम पूर्वानुमान महाशाखा।

काठमाडौं, असार २७ : दुई दिनदेखि लगातार देशभर परेको वर्षाले सबै नदीमा पानी वहाव बढेको छ। महाकालीवाहेक देशभरका नदीमा पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको छ।

आज बिहानैदेखि देशभरका नदीमा बाढी आएको छ। लगातारको वर्षाले सबै नदीमा पानीको वहाव अत्यधिक बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नारायणी, वाग्मती, कमला नदीमा खतराको संकेतभन्दा माथि देखिएको पानीको सतह।

महाकाशाखाले आज बिहान जारी गरेको सूचनाअनुसार, देशभरका सबै नदीमा पानीको वहाव खतराको संकेतभन्दा माथि पुगेको छ। त्यसैले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहने सचेत गराएको छ।

महाकाली नदीमा खतराको संकतभन्दा तलै देखिएकोे पानीको सतह।

मेची, निन्दा, विरिङ, मावा, रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरियाखोला, खाडो, माहुली, रातु, हर्दी, लालबकैयालगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कताभन्दा माथि बाढी आउने गरी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १०:३१ बजे, शुक्रबार, असार २७, २०७६