Kathmandu Press

भाेजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, एक प्रहरी र विप्लवका जिल्ला नेताको मृत्यु

भोजपुर, असार २५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच भोज

भाेजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, एक प्रहरी र विप्लवका जिल्ला नेताको मृत्यु

भोजपुर, असार २५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच भोजपुरमा गोली हानाहान भएको छ। गोली लागेर एक प्रहरी जवान र विप्लवको पार्टीका एक जना जिल्ला नेताको मृत्यु भएको छ।

आज बिहान साढे ८ बजेतिर भोजपुर बजारमै ड्यूटीमा रहेका प्रहरी जवानमाथि विप्लवका कार्यकर्ताले गोली हानेका हुन्। गोली लागेर प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ड्युटीमा रहेका प्रहरी जवानमाथि गोली प्रहार भएपछि प्रहरी टोलीले पनि जवाफी फायरिङ गरेको प्रहरीको भनाइ छ।

प्रहरीको गोली लागेर विप्लवका ओखलढुंगा जिल्ला ईन्चार्जको मृत्यु भएको जनाएको छ। उनको नाम खुलेको छैन। उनको साथबाट एक पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भोजपुरमा सुरक्षाकर्मी परिचालन गरिएको छ। विप्लवका कार्यकर्ता अरु पनि सक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ।

बिहानैदेखि भोजपुर बजार तनावग्रस्त गरेको छ। यहाँको जनजीवन त्रसित बनेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली ब्यापक रुपमा परिचालन गरिएको छ।

प्रकाशित मिति: १०:२३ बजे, बुधबार, असार २५, २०७६