व्यवसायी अजय सुमार्गीले ४ अर्ब ३२ करोड लाभकर तिर्नुपर्ने सर्वोच्चको आदेश
काठमाडौं, असार ८ : सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइटले
काठमाडौं, असार ८ : सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइटले ४ अर्ब ३२ करोड रुपैयाँ बराबर पुँजीगत लाभकर तिर्नुपर्ने आदेश दिएको छ।
सर्वोच्चले आइतबार आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले गरेको कर निर्धारण विरुद्ध नेपाल स्याटेलाइटले दायर गरेको मुद्दामा अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेसँगै सुमार्गीले उक्त कर तिर्नुपर्ने भएको हो।
आइतबार सर्वोच्चले स्याटेलाइटको तर्फबाट रोजिन गिरीले दायर गरेको दुईवटा मुद्दाको सयुक्त सुनुवाई गर्दै न्यायाधीशद्वय सुष्मालता माथेमा र डा.मनोजकुमार शर्माको इजलाशले अन्तरिम आदेश दिनुनपर्ने आदेश गरेको हो।
आन्तरिक राजस्व कार्यालयको कर निर्धारण विरुद्ध गिरीले गत जेठ १ र असार २ गते दुईवटा भिन्न भिन्न रिट दायर गरेका थिए । अदालतको आदेशसँगै आन्तरिक राजश्व कार्यलयलाई सुमार्गीको कम्पनीसँग लाभकर असुलीको बाटो खुलेको छ।
कार्यालयले नेपाल स्याटेलाइट कम्पनीको बिक्रीमा ४ अर्ब ३२ करोड रुपैयाँ पुँजीगत लाभकर निर्धारण गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०६८/०६९ मा साइप्रसको एयरवेल सर्भिसेसबाट नेपाल स्याटेलाइटको स्वामित्व टेलियासोनेरालाई बिक्री गर्दाको पुँजीगत लाभकर निर्धारण गरेको थियो।
कार्यालयले बिक्रीको समयमा १ अर्ब ४० करोड लाभकर लाग्ने भएपनि सुमार्गीले अटेरगरेको भन्दै दोब्बर जरिवाना र ब्याजसमेतर गरी गत वैशाख ३१ गते ४ अर्ब ३१ करोड ९५ लाख कर निर्धाणको पत्र पठाएको थियो।






