Kathmandu Press

गुठी विधेयक विरुद्ध माइतीघरमा प्रदर्शन, मिडिया र सूचना प्रविधि विधेयक फिर्ता गर्न माग

काठमाडौं, असार ४ : गुठी विधेयक फिर्ताको माग राख्दै आन्दोलनरत समुहले काठमाडौंको माइतीघरमा प्रदर्शन गर

गुठी विधेयक विरुद्ध माइतीघरमा प्रदर्शन, मिडिया र सूचना प्रविधि विधेयक फिर्ता गर्न माग

काठमाडौं, असार ४ : गुठी विधेयक फिर्ताको माग राख्दै आन्दोलनरत समुहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। 

प्रदर्शनमा सयौको सहभागिता छ । पैदर्शनकारीहरुले गुठी विधेयक पूर्णरुपमा फिर्ता गर्न माग गरेका छन् । त्यसका साथै सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक पनि तत्कालि फिर्ता लिन आग्रह गरेका छन् । 

प्रदर्शनमा काठमाडौं, ललितपुर र भक्तपुरको नेवार समुदायको बाक्लो उपस्थिति छ । प्रदर्शनमा विभिन्न झाँकि सहित विभिन्न गुठीका व्यक्तिहरु सहभागि छन् । उनीहरुले गुठी विधेयक फिर्ता होईन, खारेज गर्न माग गरेका छन् ।  

उपस्थित सहभागीले विधेयक फिर्ता लिएको नाममा झुक्याउन खोज्ने भएकाले ’फिर्ता हैन, खारेज नै हुनुपर्ने’ माग राखेका छन् । सरकारले विधेयक फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तीको भाषामा आन्दोलनकारीहरुले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: १२:०८ बजे, बुधबार, असार ४, २०७६