कांग्रेसको विरोधपछि रोस्टमै अड्किए प्रधानमन्त्री, संसद बैठक स्थगित
काठमाडौं, असार ३ : कांग्रेसको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्न पाएनन्। उ
काठमाडौं, असार ३ : कांग्रेसको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्न पाएनन्। उनी रोस्टममा पुगेपनि नबोलेरै फिर्ता भएका छन्।
आज प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने कार्यतालिका तय गरिएको थियो। त्यसका लागि उनी प्रतिनिसभाको बैठक सुरू भएपछि रोस्टममा गएका थिए।
तर, कांग्रेस सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए। उनीहरूले लगातार नाराबाजी गरे।
सभामुख कृष्णबहादुर महराले पटकपटक आ–आफ्नो सीटमा बस्न आग्रह गरेका थिए।
तर, कांग्रेस सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए। उनीहरूले लगातार नाराबाजी गरे।
सभामुख कृष्णबहादुर महराले पटकपटक आ–आफ्नो सीटमा बस्न आग्रह गरेका थिए। तर, कांग्रेस सांसदले बोल्न पाउनु पर्ने माग गरेका थिए। सभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि मात्रै प्रतिपक्षका सांसदलाई बोल्न दिने बताएका थिए।
कांग्रेस सांसदले पहिले प्रतिपक्षले बोल्न पाउने माग दोहोर्याइ रहे। रोस्टममा पुगेका प्रधानमन्त्री कांग्रेसको विरोधपछि उभिइरहे।
विरोध जारी रहेपछि सभामुख महराले संसद बैठक स्थगित भएको घोषणा गरे।
बैठक स्थगित भएपछि रोस्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फर्किए।
संसदको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ।






