Kathmandu Press

वैदेशिक रोजगारमा जानेको उडान सात दिनका लागि बन्द

काठमाडौ,जेठ १७: वैदेशिक रोजगार व्यवसायी संघले आजबाट सात दिनका लागि रोजगारमा जाने कामदारको उडान बन्द

वैदेशिक रोजगारमा जानेको उडान सात दिनका लागि बन्द
फाइल फोटो

काठमाडौ,जेठ १७: वैदेशिक रोजगार व्यवसायी संघले आजबाट सात दिनका लागि रोजगारमा जाने कामदारको उडान बन्द  गरेको छ।

संघले उठाउँदै आएको माग श्रम मन्त्रालयले नसुनेको भन्दै आजबाट थप दबाब दिन रोजगारमा जाने कामदारको उडान बन्द गरेको हो।

वैदेशिक रोजगार व्यवसायीी संघले जेठ ३ गतेदेखि सात बुँदे माग राख्दै आन्दोलन गर्दै आएको छ। संघको माग श्रम मन्त्रालयले नसुनेको भन्दै जेठ ९ गते व्यवसायीहरुले प्रधानमन्त्री मार्फत आफ्नो माग सुनुवाइ गर्न अनुरोध गरेका थिए ।

काठमाडौ प्रेससँग कुरा गर्दै संघका अध्यक्ष रोहन गुरुङले भने, 'प्रधानमन्त्री पनि हाम्रो मागका विषयमा गम्भीर भएको देखिएनन् । हामीले २३ गतेसम्म उडान बन्द गर्नेछौं, त्यसपछि चरणबद्द आन्दोलन गर्छौं।'

'आन्दोलनको स्वरुप परिवर्तन हुँदै जान्छ । हेरौं हाम्रो मागको सम्बोधन हुने समय अझै छ, आशा गरौं केही हुन्छ,' उनले भने ।

प्रकाशित मिति: ०९:११ बजे, शुक्रबार, जेठ १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्