Kathmandu Press

विप्लव माओवादीको वन्दले यातायात अवरोध, धादिङ र हेटौडामा वम विष्फोट

काठमाडौं, जेठ १३ : नेकपा विप्लव समुहले आयोजना गरेका नेपाल वन्दका कारण आज देशभरको यातयात अवरोध भ

विप्लव माओवादीको वन्दले यातायात अवरोध, धादिङ र हेटौडामा वम विष्फोट

काठमाडौं, जेठ १३ : नेकपा विप्लव समुहले आयोजना गरेका नेपाल वन्दका कारण आज देशभरको यातयात अवरोध भएको छ।

विप्लव समुहका कार्यकर्ताहरुले हिजो साँझ र आज विहान विभिन्न क्षेत्रमा वम विष्फोट गराउने प्रयास गरेका छन् ।

हेटौडा, धादिङ लगायतका क्षेत्रमा राखेको प्रेसर कुकर वम सेनाको वम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ । हिजोसाँझ राजधानीको सुकेधारा, अनामनगर, चन्द्रागिरी, लगनखेल, कोटेश्वर लगायतको क्षेत्रमा वम विष्फोट गराउने प्रयास विप्लव समुहले गरेको थियो । अनामनगर र सुकेधारामा विष्फोट हुँदा विप्लव माओवादीकै चार कार्यकर्ताको निधन भएको छ।

विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् । 

प्रकाशित मिति: ०७:२० बजे, सोमबार, जेठ १३, २०७६