विप्लवका मकवानपुर इन्चार्ज पक्राउ
मकवानपुर, चैत २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मकवानपुर जिल्ला इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ पक्राउ परेका छ....

मकवानपुर, चैत २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मकवानपुर जिल्ला इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ पक्राउ परेका छन्।
प्रहरीको टोलीले बिहीबार राति हेटौंडा उपमहानगरपालिका–८ फायरलाइनबाट पक्राउ गरेको हो।
सवारी साधान जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी मोटरसाइचलकमा थिए।
उनीसँगै रहेका अर्का एक युवकलाई पनि पक्राउ गरिएको छ । उनको नाम खुलाएको छैन्।
प्रकाशित मिति: ११:३० बजे, शुक्रबार, चैत २९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











