Kathmandu Press

एसएसपीसहित चार स्थानबाट प्रहरी टोली घटनास्थलतर्फ

पाँचथुर, जेठ ७ : दुई परिवारका नौ जनाको सामुहिक हत्या गरिएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आर

एसएसपीसहित चार स्थानबाट प्रहरी टोली घटनास्थलतर्फ

पाँचथुर, जेठ ७ : दुई परिवारका नौ जनाको सामुहिक हत्या गरिएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेतर्फ एसएसपीसहित चार स्थानबाट प्रहरी टोली खटिएको छ।

प्रदेश १ प्रहरी, पाँचथर जिल्ला प्रहरी कार्यालय, पाँचथरकै दशमी र राँके प्रहरी चौकीको टोली घटनास्थलतर्फ लागेको हो। जिल्ला प्रहरी कायालयका अनुसार, दशमी र राँके प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ।

आरुबोटे पुगेका दुइटा प्रहरी टोलीले घटनास्थललाई सुरक्षित पारिसकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कुँवरले बताए। ‘दशमी र राँके प्रहरी चौकीको टोली पुगिसकेका छन्, जिल्लाको टोली जाँदैछ,’ डीएसपी कुँवरले भने।

पाँचथर।

त्यस्तै, संघीय प्रहरी एकाई सुनसरीका एसएसपी शरदकुमार खत्री पनि घटनास्थलतर्फ लागेका छन्। उनी आफै घटनाको अनुसन्धानका लागि गएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

हिजो राति मुकुण्डो लगाएका आएको समूहले आरुबोटेका धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको हत्या गरेको थियो। उनीहरूमध्ये १२ वर्षीया सीता खजुम भागेर बाँच्न सफल भएकी छन्।

अज्ञात समूहको आक्रमणबाट ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।

त्यस्तै, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया, ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय बासिन्दाका अनुसार, धनराजका परिवारका पाँच जनाको हत्या भएको आज बिहानमात्रै थाहा पाएका थिए। उनका परिवारका शव घरभित्रै पाइएको थियो।
बमबहादुरका परिवारको शव भने घर बाहिर फेला परेको स्थानीय बासिन्दाले बताएका छन्।

 

प्रकाशित मिति: १२:०९ बजे, मंगलबार, जेठ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्