Kathmandu Press

स्ववियु चुनाव जेठ १० भित्रै गर्ने त्रिविको तयारी

काठमाडौं, चैत २९ : त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्रै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने तयारी गरेको छ।

यसका लात्रि त्रिविले....

स्ववियु चुनाव जेठ १० भित्रै गर्ने त्रिविको तयारी

काठमाडौं, चैत २९ : त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्रै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने तयारी गरेको छ।

यसका लात्रि त्रिविले विद्यार्थी संगठनसँग प्रस्ताव राखेको छ । त्रिविको स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको संयुक्त बैठकमा विश्वविद्यालयले आगामी जेठ १० भित्रै चुनाव गर्ने प्रस्ताव राखेको हो।

यसमा विद्यार्थी संगठन पनि सहमत देखिएका छन् । अनेरास्ववियु उपाध्यक्ष रश्मि आचार्यका अनुसार, त्रिविले गरेको प्रस्तावमा सबै विद्यार्थी संगठनले सहमति जनाएका हुन्।

बैठकमा त्रिविको स्ववियु निर्वाचन समितिका पदाधिकारी र विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधि सहाभागि रहेका थिए।

प्रकाशित मिति: ११:१३ बजे, शुक्रबार, चैत २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्