राष्ट्रपतिको सम्बोधनमा 'मेराे सरकार' राजाको झल्को
काठमाडौं, बैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा
काठमाडौं, बैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा तत्कालीन राजाले जस्तै ‘मेरो सरकार’ भन्ने भाषा प्रयोग गरेकी छिन् ।
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजाले जस्तै ‘मेरो सरकारले गर्नेछ’ भनेकी हुन्।
पञ्चायतकालमा राष्ट्रिय पञ्चायत बैठकमा र त्यसैलाई ‘क्यारी’ गर्दै बहुदलीय व्यवस्थामा पनि संसद्को संयुक्त बैठकमा राजाले सरकारको नीति–कार्यक्रम वाचन गर्दा ‘मेरो सरकार’ भनी सम्बोधन गर्थे।
०६३ सालको राजनीतिक परिवर्तनपछि राजतन्त्र समाप्त भयो । ०६५ जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरिएपछि पहिलो राष्ट्रपति रामवरण यादवले ‘मेरो सरकार’ नभनी ‘सरकार’ वा ‘नेपाल सरकार’ भन्ने शब्द प्रयोग गर्थे । राष्ट्रपति भण्डारीको सम्बोधनमा भने राजाकै झल्को आएको छ।
राष्ट्रपतिले संसद्मा गरेको सम्बोधनमा सभामुख र अध्यक्षलाई पनि ‘सम्माननीय’ भनिनन् । उनले ‘माननीय सभामुख’, ‘माननीय अध्यक्ष’ र ‘माननीय सदस्यहरू’ भनेर सम्बोधन सुरु गरेकी थिइन् ।
पञ्चायतकालमा तत्कालीन राज्यमन्त्री चन्दा शाहले ०४४ सालमा सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गर्दा मन्त्री पद नै खोसिएको थियो ।
राष्ट्रपति भण्डारीले संसदमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई पनि सम्माननीय भन्ने शव्द प्रयोग गरिनन् । यसअघिका राष्ट्रपति रामवरण यादवले सभामुखलाई सम्माननीयनै भनेर सम्वोधन गरेका थिए ।






