Kathmandu Press

विष्णु पौडेल : प्लास्टिक कारखानाको मजदुरीदेखि बालुवाटार जग्गा विवादसम्म

काठमाडौं, वैशाख १३ : नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैल

विष्णु पौडेल : प्लास्टिक कारखानाको मजदुरीदेखि बालुवाटार जग्गा विवादसम्म
काठमाडौं प्रेस

काठमाडौं, वैशाख १३ : नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई रिझाएर एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा महासचिव पद हात पारेका विष्णु पौडेल राजनीतिक जीवनकै सबैभन्दा जटिल मोडमा पुगेका छन् । बालुवाटारको आठ आना सरकारी जग्गा छोरा किरणको नाममा पारेपछि उनी सबैभन्दा ठूलो विवादमा तानिएका हुन्।

उनको राजनीतिक बौद्धिक क्षमताको सीमाले त सर्वोच्च पद – अध्यक्ष हुनबाट त पक्कै सजिलो छैन नै तर त्योभन्दा अघि नै सार्वजनिक भएको बालुवाटारको आठ आना सरकारी जग्गा छोराको नाममा दर्ता गरेको प्रकरणले उनको राजनीतिक जीवनमा सदा लखेटिरहने छ । उनको महासचिव पदले त्यो गग्गाको भार थमेर उभिरहन सक्ने छैन।

दुई ठूला वामपन्थी दल एकीकरण हुनुअघि उनी एमालेका दुई उपमहासचिवमध्ये एक थिए। पार्टी एकीकरणमा दुवै अध्यक्षलाई प्रभावित गर्न सफल पौडेलले तत्कालीन एमाले महासचिव ईश्वर पोखरेललाई किनारा लगाउन सफल भए । एमालेको नवौं महाधिवेशनमा पौडेलभन्दा बढी मत पाएर विजयी प्रखरनेता अर्का उपमहासचिव घनश्याम भुसाल कहाँ फ्याँकिए कहाँ तर पौडेल भने शक्तिशाली पार्टीको शक्तिशाली महासचिव बने।

पार्टीभित्रका विरोधीहरू उनलाई ‘मारवाडी’ को संज्ञा दिएर आलोचना गर्छन् । काठमाडौंको भैंसेपाटीमा महल र गाडी जोडेका छन् । उनलाई नजिकबाट चिन्ने एक नेता भन्छन्, ‘अहिले उनलाई पहिले म गरिब थिएँ भन्ने कुराले सबैभन्दा ग्लानि हुन्छ ।’

पार्टी एकता सभामा शिर्ष नेताहरुका साथमा पाैडेल

५८ वर्षीय पौडेल ३५ वर्षलामो राजनीतिक यात्रामा यत्ति ठूलो विवादमा कहिल्यै परेका थिएनन् । पौडेलको राजनीतिक/आर्थिक उत्थानलाई नजिक हेर्ने एक तत्कालीन एमाले नेता भन्छन्, ‘महाधिवेशनमा एकचौथाइभन्दा बढी प्रतिनिधि अझै पनि आदर्श कार्यकर्ता नै आउँछन् । ‘नेता व्यवस्थापन’ गरी पाएको पद महाधिवेशनपछि जोगाउन मुस्किल छ।’

शक्तिसँगै आर्जित सम्पत्ति

पुर्ख्याैली घर स्याङ्जा भएका पौडेल नेकपाको केन्द्रीय कमिटीमा ०४९ सालमा पुगेका हुन् । ०४८ सालको चुनावमा उनले टिकट पनि पाएनन् । ०५० साल जेठ ३ गते चितवनको दासढुङ्गा दूर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन पनि माधवकुमार नेपाल महासचिव र वामदेव गौतम सङ्गठन विभाग प्रमुख भए । पश्चिम क्षेत्रका नेता वामदेव गौतमसँग उनले सम्बन्ध बढाए । नेतासँग सम्बन्ध बनाउन सक्नु, प्रभावित पार्नसक्नु नै पौडेलको सबैभन्दा ठूलो खुबी हो।

०४८ सालपछिसम्म उनी अत्यन्त दुख्जिलो गरेर गुजारा चलाउँथे । पौडेल राजनीति गर्थे । उनकी श्रीमती बुटवलकै एक प्लास्टिक फ्याक्ट्रीमा मजदुरी गर्थिन्– घर चलाउन । अवस्था यस्तो कमजोर थियो कि पौडेलकी पत्नीले उक्त फ्याक्ट्रीमा कवाडीले जम्मा पारेर बेचेका प्लास्टिकका झोला धुने काम गर्थिन् ।

झलनाथ खनालबाहेक सबै पार्टी अध्यक्ष र महासचिव (पार्टी प्रमुख) सँग उनी उत्तिकै नजिकिए र फाइदा लिन सफल भए । ०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट लडेका पौडेलले चुनाव जिते । सबैभन्दा ठूलो दल एमाले भएपछि मनमोहन अधिकारीको नेतृत्वमा अल्पमत सरकार बन्यो।

त्यसबेलासम्म पौडेल डेरामै बस्थे । एमालेको अल्पमत सरकारका पालामा भोजप्रसाद श्रेष्ठ अध्यक्ष रहेको सुकुम्बासी आयोगबाट उनले बुटवलको सुख्खानगरमा जग्गा लिए । त्यसपछि उनी बुटवलबासी भए।

अध्यक्ष अधिकारी, महासचिव नेपालसहित मुख्य नेतृत्व सरकारमा गयो । पार्टीको बागडोर गौतमको हातमा पुग्यो । वामदेवका लागि विधानमै नभएको उपमहासचिव पद सिर्जना भयो । गौतम उपमहासचिव भएपछि रिक्त भएको उनकै पद– संगठन विभाग प्रमुखको जिम्मेवारी गौतमले विष्णु पौडेललाई दिए । शक्तिशाली गौतमका अगाडि कसैले प्रश्न उठाएन।

पार्टीको बागडोर गौतमको हातमा पुग्यो । वामदेवका लागि विधानमै नभएको उपमहासचिव पद सिर्जना भयो । गौतम उपमहासचिव भएपछि रिक्त भएको उनकै पद– संगठन विभाग प्रमुखको जिम्मेवारी गौतमले विष्णु पौडेललाई दिए । शक्तिशाली गौतमका अगाडि कसैले प्रश्न उठाएन।

नौ महिनामा सरकार ढल्यो । गौतम पनि उपमहासचिवबाट हटाइए तर गौतमको सँगै पौडेलको पनि उचाइ चुलियो । उनी महासचिव नेपाल र नेता गौतम दुबैसँग घनिष्ठ सम्बन्ध बनाए । ०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको एमाले–राप्रपा गठबन्धन सरकारमा पार्टीका तर्फबाट गौतम उपप्रधानमन्त्रीसहित गृहमन्त्री भए । पौडेल पनि युवा, खेलकुद तथा संस्कृतिमन्त्री नियुक्त भए । यसपछि उनको राजनीतिक र आर्थिक उन्नति तीव्र भयो।

मन्त्री भएको केही समयपछि पौडेलले उक्त जग्गामा घर बनाउँदा ठूलो चर्चा भयो । त्यसबेला बुटवल क्षेत्रमा तीन सुते, चार सुते छड हालेर घर बनाइन्थे । पौडेलले त्यस क्षेत्रमै सबैभन्दा पहिले आठ सुते छड हालेर घर बनाए । पौडेलले पुलमा हाल्ने छड हालेर घर बनाए भनेर ठूलो चर्चा भएको थियो, बुटवलमा।

उपमहासचिवबाट हटाइए पनि एमालेमा गौतम शक्तिशाली हुँदै गए । महाकाली सन्धि पारित गर्ने कि नगर्ने भन्ने विवाद तीब्र भयो । गौतमले महाकाली सन्धिमा राष्ट्रघात भएको अडान लिए । गौतमलाई पहिला साथ दिए– पौडेलले । पार्टीभित्र महाकाली सन्धिका विपक्षमा बहुमत पुर्‍याउन दलभित्र ‘क्याम्पेनिङ’ गर्नेमा गौतमका मुख्य सहयोगी पौडेल थिए । गौतमनिकट एक नेता भन्छन्, ‘पौडेलले त्यत्ति साथ नदिएको भए एमालेमा गौतमको पक्षमा त्यत्रो शक्ति बन्दैनथ्यो।’

०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको एमाले–राप्रपा गठबन्धन सरकारमा पार्टीका तर्फबाट गौतम उपप्रधानमन्त्रीसहित गृहमन्त्री भए । पौडेल पनि युवा, खेलकुद तथा संस्कृतिमन्त्री नियुक्त भए । यसपछि उनको राजनीतिक र आर्थिक उन्नति तीव्र भयो।

अन्तिम समयमा उनले गौतमको छाडिदिए । महाकालीमा राष्ट्रघात भएको भन्ने गौतमको दस्तावेजसहित पौडेलले क्याम्प फेरे । गौतमको दस्तावेज अल्पमतमा पर्‍यो । यसै विवादमा गौतमले पार्टी फुटाएर माले बनाए । पौडेलले चाहिँ तत्कालीन महासचिव नेपालसँग लाइन मिलाए र एमालेमै बसे।

एमाले विभाजित भएपछि ०५६ साल बैशाखमा चुनाव भयो । पहाडी भूभाग भएको पाल्पाको चुनाव क्षेत्र छाडे र उनी बुटवलबाटै लडे । यतिबेलासम्म उनको पार्टीभित्र निकै बोलबाला चल्ने भइसकेको थियो । उनी महासचिव नेपालनिकटस्थ भइसकेका थिए । गौतमनिकट भएर काम गर्दा उनले आर्थिक हैसियत सुधार्न पनि सिकिसकेका थिए । प्रमुख नेताहरू पार्टी छाडेर हिँडेपछि उनी पार्टीको स्थायी कमिटी सदस्य पनि भए।

चुनावमा ‘शुन्य सीट’ भएपछि हतास भएका गौतमको नेकपा मालेलाई फेरि एमालेमै विलय गराउने सेतुका रूपमा काम गरेका थिए– पौडेलले । मालेसँग एकता भएपछि उनी गौतमभन्दा पनि ‘शक्तिशाली’ देखिए।

०६४ सालको पहिलो संविधानसभा चुनावमा उनी रुपन्देही–४ बाट निर्वाचित भए । ०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदाको सरकारका उनी जलश्रोतमन्त्री भए । दोस्रो संविधानसभा निर्वाचनमा बाबुराम भट्टराई रुपन्देहीबाट चुनाव लड्ने भएपछि उनी नवलपरासीबाट पनि लड्ने निष्कर्षमा पुगेका थिए तर पार्टीभित्रैबाट दबाब परेपछि उनी नवलपरासीबाट नलड्ने भए । बुटवलबाट मात्र लडे ।

माओवादी नेता भट्टराईलाई हराएपछि उनी अझै चर्चामा आए । त्यसपछि उनी अर्थमन्त्री बने । एमालेभित्र उनी यस्तो शक्तिशाली देखिए, जुनसुकै नेता प्रधानमन्त्री भए पनि उनी रोजेको मन्त्रालयमा मन्त्री हुनसक्ने हैसियतका नेता पार्टीभित्रैबाट टिप्पणी हुन्थ्यो।

त्यो गरिबी

पार्टीभित्रका विरोधीहरू उनलाई ‘मारवाडी’ को संज्ञा दिएर आलोचना गर्छन् । काठमाडौंको भैंसेपाटीमा महल र गाडी जोडेका छन् । उनलाई नजिकबाट चिन्ने एक नेता भन्छन्, ‘अहिले उनलाई पहिले म गरिब थिएँ भन्ने कुराले सबैभन्दा ग्लानि हुन्छ ।’ उनी र उनको परिवारको सम्पत्ति नै अर्ब पुग्ने अनुमान गर्छन्।

०४८ सालपछिसम्म उनी अत्यन्त दुख्जिलो गरेर गुजारा चलाउँथे । पौडेल राजनीति गर्थे । उनकी श्रीमती बुटवलकै एक प्लास्टिक फ्याक्ट्रीमा मजदुरी गर्थिन्– घर चलाउन । अवस्था यस्तो कमजोर थियो कि पौडेलकी पत्नीले उक्त फ्याक्ट्रीमा कवाडीले जम्मा पारेर बेचेका प्लास्टिकका झोला धुने काम गर्थिन् । करिब दुई दशकमा उनले हासिल गरेको यो आर्थिक उन्नतिलाई पार्टीकै नेताहरू आश्चर्यका रूपमा हेर्छन्।

अर्थमन्त्री हुँदा एनसेलको कर छलीलाई पौडेलले नै मिलाइदिएको आरोप तत्कालीन एमालेभित्रैबाट लागेको थियो । राधा ज्ञवाली जलस्रोतमन्त्री हुँदा समेत त्यसको आर्थिक लाभ पौडेलकहाँ सीधै जाने गरेको आरोपसमेत उनीमाथि छ।

कम र नरम भाषामा बोल्ने पौडेल नेता व्यवस्थापन गर्न भने माहिर मानिन्छन् । यसको प्रत्यक्ष मारमा भने तत्कालीन एमाले महासचिव ईश्वर पोखरेल परे । भावी अध्यक्षका रूपमा पार्टीभित्रै एउटा समूहले ‘प्रोजेक्सन’ गरेका पोखरेलको झण्डै राजनीतिक जीवन नै चौपट पारिदिएका छन् पौडेलले।  

वामदेवलाई धोका दिएर माधव नेपालसँग, माधवलाई धोका दिएर केपीसँग र फेरि वामदेवलाई पनि केपीकहाँ पुर्‍याएर, वामदेवमार्फत् नै प्रचण्डसँग सम्बन्ध बनाएर सबैभन्दा शक्तिशाली र उदीयमान नेता देखिएका थिए । केही महिनाअघि प्रचण्डले भाषणमै भने, ‘म र विष्णुजी हलगोरू जस्ता भयौँ’ भनेर । बालुवाटार जग्गा प्रकरणले पौडेलको अहिले नूर गिरेको छ।

पौडेलको जग्गा प्रकरणले सिङ्गै नेकपा बद्नाम भएको छ– जनताको आँखामा । नेकपा स्थापना दिवसमा प्रज्ञाभवनमा आयोजित समारोह सञ्चालन गर्दा समेत उनले मासमा सीधा हेर्न सकेनन् । उनको राजनीतिक बौद्धिक क्षमताको सीमाले त सर्वोच्च पद – अध्यक्ष हुनबाट त पक्कै सजिलो छैन नै तर त्योभन्दा अघि नै सार्वजनिक भएको बालुवाटारको आठ आना सरकारी जग्गा छोराको नाममा दर्ता गरेको प्रकरणले उनको राजनीतिक जीवनमा सदा लखेटिरहने छ । उनको महासचिव पदले त्यो गग्गाको भार थमेर उभिरहन सक्ने छैन।

प्रकाशित मिति: ११:०१ बजे, शुक्रबार, वैशाख १३, २०७६