Kathmandu Press

लुक्लामा जहाज र हेलिकप्टर ठोक्किँदा तीनको मृत्यु

काठमाडौं, वैशाख १ : लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर एक–आपसमा ठोक्किएका छन् । दुर्घटनामा ती

लुक्लामा जहाज र हेलिकप्टर ठोक्किँदा तीनको मृत्यु
काठमाडौं प्रेस

काठमाडौं, वैशाख १ : लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर एक–आपसमा ठोक्किएका छन् । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

आज बिहान समीट एयरको जहाज मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, 'टेकअफ' गर्न लागेको समिटको जहाज ल्यान्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको हो।

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलका उत्सव खरेलका अनुसार बिहान ९ः३० बजे दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, जहाजका को-पाइलट र सुरक्षाकर्मीको मृत्यु भएको छ । धावनमार्गमा रहेका प्रहरीको मृत्यु भएको जनाएको छ।

को-पाइलट सुदीप ढुंगाना र प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । प्रहरी सहायक निरीक्षक खड्का विमानस्थल सुरक्षार्थ खटिएका थिए।

प्रहरीका अनुसार, समिट एयरका कोपाइलट ढुंगाना र प्रहरी सहायक निरीक्षक खड्को घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, विमानस्थलमै कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । घाइते श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।

दुर्घटनामा जहाजका पाइलट रवीन्द्र रोकाया र एयर होस्टेज घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

 

प्रकाशित मिति: १०:०८ बजे, आइतबार, वैशाख १, २०७६