Kathmandu Press

आज पनि शेयर बजार प्रवृत्तिहीन  

काठमाडौं, चैत २८ : यो वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा त्यति ठूलो उतारचडाव देखिएन।  साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से परिसूचक ० द....

आज पनि शेयर बजार प्रवृत्तिहीन  
फाइल फोटो

काठमाडौं, चैत २८ : यो वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा त्यति ठूलो उतारचडाव देखिएन।  साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से परिसूचक ० दशमलव ५९ ले घटेर ११८४ दशमलव ०२ को विन्दूमा पुगेको छ।

आज दोस्रो बजार परिसूचक ० दशमलव ०५ प्रतिशतले घटेको छ। दोस्रो बजार ११८४ दशमलव ६१ को विन्दूमा खुलेको थियो भने ११९० दशमलव ०३ को उच्च विन्दूसम्म पुगेको थियो। आज बजारको न्यून विन्दू ११८० दशमलव १५ थियो। आज दिनभर ३९ करोड ६४ लाख बराबरको शेयर किनबेच भएको छ। नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ। 

आजको बजारको अवस्था : 

Hardik ivf

आज सर्वाधिक कारोबार हुने :

आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। कुमारी बैंक लिमिटेडको ३ करोड ६३ लाख बराबरको शेयर किनबेच भएको छ। बैंकले दुई आर्थिक वर्षको लाभांस एकै पटक दिने भएकाले हिजो जस्तै आजपनि कम्पनीको उच्च शेयर कारोबार भएको छ।

आज सर्वाधिक कमाउने र गुमाउने :

आज एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९२ प्रतिशतले कमाए भने र घलेम्दी हाइड्रोका शेयरधनीले सर्वाधिक ८ दशमलव ६४ प्रतिशतले गुमाए। धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सलाई ३०० प्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति दिएसँगै खरिदकर्ताको ठूलो आकर्षण देखिएको थियो।

 हकप्रद गतिविधि

-धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सलाई ३०० प्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको छ। ३०० प्रतिशत हकप्रद बिक्री पश्चात कम्पनीको पूँजी एक अर्ब कट्ने छ। बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पूँजीको लक्ष्य दिएको थियो।

शेयर सूचीकरण
-आज नेप्सेमा माउण्टेन हाइड्रो नेपालको आइपीओ शेयर र माहुली सामुदायिक लघुवित्तको हकप्रद शेयरमा सूचीकृत भएका छन्।

प्राथमिक बजार गतिविधि

-वैशाख ८ गतेबाट नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ५१ हजार २ सय कित्ता आइपीओ बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता रुपैयाँदेखि अधिकतम ८ सय कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि वैशाख ११ गतेसम्मको समयावधि तोकिएको छ।

- वैशाख ९ गतेबाट गणपति माइक्रो फाइनान्स वित्तीय संस्थाले आइपीओ  निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा ३ लाख १३ हजार ७५ कित्ता आइपीओ बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने छन्।

प्राविधिक विश्लेषण  

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम २८ चैत, २०७५ मा  बजार ११८४ दशमलव ०२ विन्दूमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा ०  दशमलव ०५ प्रतिशतले मात्र कम हो।  आजको मैनबत्तीले डोजी आकृति बनाएकाले बजारमा अझै पनि लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको देखिएकाले अर्को दिनको मैनबत्तीलाई पुनः हेर्नु आवश्यक देखिन्छ। बजारको प्रवृत्ति हेरेर आजको परिमाण सामान्य रहेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, आजको बजारको उतारचडाव हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। हिजोको निष्कर्ष अनुसार यदि बजार ११८३ भन्दा माथि स्थिर रहेमा बजारको अर्को तत्कालिन प्रतिरोध ११८८ देखि ११९३ मा रहेको थियो। बिहीबार यही प्रतिरोध क्षेत्रलाई नेप्सेले तोड्न असफल रह्यो। हाल बजार प्रवृत्तिहीन रहेको छ।

बजार प्रवृत्तिहीन रहेकाले ६ र २१ समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५३ अंकमा रहेकाले बजार सकारात्मक क्षेत्रमा रहेको देखिन्छ भने स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा क्रेताको चाप हुन थालेको संकेत गरेको छ।

निष्कर्ष : माथिको १ दिनको मैनबत्तीहरुको नेप्से प्रवृत्तिले बजार छोटो समयको बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ र समग्र नेप्से प्रवृत्ति र सूचकहरुको आधारमा हालको तत्कालिन सामान्य प्रतिरोध ११८६ मा देखिएपनि यदि बजार ११९० भन्दा माथि स्थिर रहन सकेमा बजार अझ केही सकारात्मक हुन सक्ने सम्भावना छ। अर्को तत्कालिन मनोवैज्ञानिक प्रतिरोध १२०० मा रहेको देखिन्छ। बजारको तत्कालिन टेवा ११७५ देखि ११८० को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:३४ बजे, बिहीबार, चैत २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्