Kathmandu Press

भोलिको एसइई परीक्षाको प्रश्नपत्र मन्त्रीको मोबाइलमा आजै

काठमाडौं, चैत १५ः एसइई परीक्षामा प्रदेश नम्बर २ भित्र सबै प्रश्नपत्रहरू परीक्षाभन्दा अगाडि नै ब

भोलिको एसइई परीक्षाको प्रश्नपत्र मन्त्रीको मोबाइलमा आजै
सांकेतिक तस्वीर

काठमाडौं, चैत १५ः एसइई परीक्षामा प्रदेश नम्बर २ भित्र सबै प्रश्नपत्रहरू परीक्षाभन्दा अगाडि नै बाहिरिएको छ। उक्त प्रदेशका सामाजिक मामिलामन्त्री नवलकिशोर साह सुडीले काठमाडौं प्रेससँग भने, ‘भोलि हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र मेरो मोबाइलमा अहिले नै आइसकेको छ। सबै विषयका प्रश्नपत्र परीक्षाभन्दा पहिले नै बाहिरिएको मलाई पनि थाहा छ।’

शनिबार स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुँदैछ। पहिले नै ‘क्वेश्चन आउट’ भएको उक्त प्रश्नपत्र एक दिनअगावै मन्त्रीकै मोबाइलमा पुगिसकेको छ। यसअघि प्रदेश–२ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाको अघिल्लो दिन नै ‘आउट’ भएपछि परीक्षा रद्द भइसकेको छ। यही चैत १० गतेदेखि देशभरि एसई परीक्षा चलिरहेको छ।  संघीय सरकारको मातहतमा रहेको माध्यमिक शिक्षा परिषद्ले २०७५ सालको एसईई परीक्षा सञ्चालन गरिरहेको हो। परीक्षामा ७ वटै प्रदेशमा अलग अलग प्रश्नपत्र निर्माण गरिएको थियो। 

Hardik ivf

लगातार प्रश्नपत्र आउट भएपछि संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार सुरक्षा निकाय समेतलाई राखेर आकस्मिक बैठक बोलाई छलफल समेत गरेका छन्। छलफलमा सहभागी सुरक्षा अधिकारीहरूले ब्लेडले प्रश्नपत्र सिलबन्दी गर्न प्रयोग भएको कपडा काटेर प्रश्नपत्र चुहावट भएको हुनसक्ने आशंका मन्त्री पोखरेललाई ‘ब्रिफिङ’ गरेका छन्। बैठकमा मन्त्री पोखरेलले भनेका थिए, ‘बाँकी विषयका प्रश्नपत्र रुजु गरी चार घन्टाभित्र मलाई जानकारी गराउनू।’ बाहिरिएको प्रश्नपत्रसँगै ब्लेड पनि देखिएको छलफलमा सहभागी सुरक्षा अधिकारीले बताएका थिए।

प्रदेश–२ का आन्तरिक सामाजिक मामिलामन्त्री नवलकुमार साह सुडीले भने संघीय सरकारले प्रदेश– २ लाई बद्नाम गर्न खोजेको आरोप पनि लगाए। उनले भने, ‘प्रदेश २ को मात्र हैन, संघीय सरकारले सबै प्रदेशको परीक्षा रद्द गर्नुपर्छ। आवश्यक छानविनपश्चात् परीक्षा गराउनुपर्छ। प्रदेश २ को मात्र रद्द गर्ने हो भने यहाँ रक्तपात हुन्छ।’ 

यता, संघीय शिक्षा मन्त्रालयले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुसन्धान गर्न आग्रह गरेको छ।  परीक्षा नियन्त्रण बोर्डका अधिकारीका अनुसार, एसईईको प्रश्नपत्रहरु सिल गरेर प्रहरीको कडा निगरानीमा राख्ने गरी परीक्षा केन्द्र प्रमुखहरुलाई १५ दिन अगाडि नै पठाइएको थियो। परीक्षा सुरु हुनु केही बेरअघि मात्र सम्बन्धित विषयको पोका खोल्ने औपचारिक व्यवस्था छ। 

प्रकाशित मिति: ०१:३८ बजे, शनिबार, चैत १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्