Kathmandu Press

प्रधानमन्त्रीलाई गच्छदारको प्रश्न–वाइडबडी विमान खरिदको अनियमितता खोइ?आकाशमा बिलायो?  

काठमाडौं, चैत १०: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले

प्रधानमन्त्रीलाई गच्छदारको प्रश्न–वाइडबडी विमान खरिदको अनियमितता खोइ?आकाशमा बिलायो?  
फाइल फोटो

काठमाडौं, चैत १०: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको दाबी गरेका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपनेता गच्छदारले सरकारले भ्रष्टाचार अन्त्य, सुशासन कायम र विकास गर्ने गफ चुटेपनि कुनै पनि काममा सफल हुन नसकेको दाबी गरेका हुन्। गच्छदारले नेपाल वायु सेवा निगमको वाइडीबडी विमान खरिदमा भएको अनियमितताको छानविन कहाँ पुग्यो भनेर सरकारलाई प्रश्नसमेत सोधे।

‘प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गरिरहेका छौं भन्नु भयो। तर, मलाई लाग्छ भ्रष्टाचार अझै बढिरहेको छ,’प्रधानमन्त्रीलाई प्रश्न गर्दै उनले भने,‘वाइडबडी खरिदमा भएको अनियमितताबारेको छानविन खोइँ? आकाशमा विलाएको हो? ३३ किलो सुन प्रकरणका ठूला माछा खोइँ? के त्यो त्यो पनि हराएको हो? यसबारे प्रधानमन्त्रीजीले जवाफ दिए राम्रो हुन्थ्यो।’

उनले प्रधानमन्त्री र मन्त्रीहरुले संसदलाई अपहेलना गरेको आरोप पनि लगाए। गच्छदारले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री र मन्त्रीहरूले नदिएर संसदलाई अपहेलना गरिरहेको बताए। ‘प्रधानमन्त्री र मन्त्रीहरु प्रश्नोत्तरबाट भागिरहनु भएको छ,’उनले भने,‘यसरी संसदलाई अपहेलना गर्न पाइँदैन।’

संसदप्रति सरकार कुनै पनि हिसावले उत्तरदायी नदेखिएको गच्छदारको आरोप छ।
 

प्रकाशित मिति: १७:४४ बजे, आइतबार, चैत १०, २०७५