हाम्रो पार्टीमाथिको प्रतिबन्ध षड्यन्त्रमूलक र हास्यास्पद : विप्लव
काठमाडौं, फागुन ३० : सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सर
काठमाडौं, फागुन ३० : सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारको प्रतिबन्धले नझुक्ने बताएको छ ।
सरकारको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लव समूहले सरकारको निर्णय षड्यन्त्रमूलक र हास्यास्पलद रहेको बताएको छ । विज्ञप्तिमा सरकारका मन्त्रीलाई नै प्रतिबन्ध लगाउने पनि उल्लेख छ ।
विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रतिक्रिया पनि उक्त विज्ञप्तिमा दिएको छ । ‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो’, विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’
सरकारले आफ्नो संगठनप्रति भ्रम सिर्जना गराएको भन्दै उसले दिग्भ्रमित नहुन र सहयोगलाई निरन्तरता दिन पनि सबैलाई अपिल गरेको छ ।







