Kathmandu Press

आन्दोलनरत चिकित्सकहरूलाई सरकारको चेतावनीः हड्ताल अब सैह्य हुन्न

काठमाडौं, चैत २८ :  सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरुलाई आन्दोलन छोडेर समायोजनमा परेको ठाउँमा जान आग्रह गरेको छ। 

मन्त्रिप....

आन्दोलनरत चिकित्सकहरूलाई सरकारको चेतावनीः हड्ताल अब सैह्य हुन्न
फाइल फोटो

काठमाडौं, चैत २८ :  सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरुलाई आन्दोलन छोडेर समायोजनमा परेको ठाउँमा जान आग्रह गरेको छ। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्दोलनरत चिकित्सकहरुलाई आन्दोलन छोडेर काममा फर्कन आग्रह गरेका हुन्। उनले भने,‘ चिकित्सकहरु एकैचोटी हड्तालमा जाने कुरा राम्रो होइन। अब आन्दोलन छोडेर खटाएको ठाउँमा नगए सरकारलाई सैह्य हुँदैन।’

उनले ठूलो संख्याको कर्मचारी समायोजनमा देखिने केही प्राविधिक वा व्यावहारिक समस्या समाधान हुने र त्यो सरकारको दायित्व भएको बताए। उनले चिकित्सहरुलाई साँच्चै मार्का परेको भए तथ्यपरक ढंगले आएका विषयलाई सरकारले सम्बोधन गर्ने बताए। 

प्रदेश वा स्थानीय तह मातहतका अस्पतालमा जान अटेर गर्ने चिकित्सकहरुलाई कारबाही हुने बताए। चिकित्सकहरुलाई केन्द्र सरकार मातहत मात्र राख्नु पर्ने माग गर्दै सरकारी चिकित्सकहरु शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। 
 

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, चैत २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्