विप्लव प्रतिबन्धपछि प्रधानमन्त्रीले भने, 'शेरबहादुरजीलाई धन्यवाद ! हाम्रा पार्टीकाले विरोध गर्न सक्दैनन्'
काठमाडौं, फागुन २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादी माथि लगाएको प्रतिबन्धमा नेकप
काठमाडौं, फागुन २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादी माथि लगाएको प्रतिबन्धमा नेकपाका नेताहरुले विरोध गर्न नमिल्ने बताएका छन् ।
उनले विप्लव नेतृत्वको माओवादीको गतिविधि अपराधिक र आतंककारी भएको भन्दै बम पड्काउने, चन्दाका नाममा लुट्ने लुटेराहरुको गतिविधि सरकारले बन्द गर्ने बताए ।
नेपाल टेलिभिजनमा प्रसारित 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव माओवादीलाई प्रतिवन्ध लगाएको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले समर्थन गरेको भन्दै धन्यवाद पनि दिए । 'हाम्रो पार्टीभित्र कसैले पनि विरोध गर्नुहुदैन', ओलीले भने, 'शेरहादुरजीले समर्थन गर्नु भयो, म धन्यवाद दिन्छु ।'
ओलीले टेलिफोनको टावरमा बम हान्ने, विद्युत आयोजनामा बम पड्काउने विप्लव माओवादीको गतिविधि आतंककारी नै भएको पनि बताए ।
'हाम्रो पार्टीका नेताहरुले भन्नै सक्दैनन । विप्लव कहाँ छन्? प्रकाण्ड कहाँ छन्? अरु काण्डहरु कहाँ छन्? प्रतिवन्ध उहाँहरुले लगाउनु भएको छ । अपराध कर्म गर्न पाईदैन । त्यसमा प्रतिवन्ध लगाएका हौ' ओलीले भने, 'हाम्रो पार्टीको कसैले त्यसको विरोध गर्न सक्दैनन् ।'






