Kathmandu Press

विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगायो

काठमाडौं, फागुन २८ : सरकारले विप्लव नेतृत्वको नेकपा माओवादीमाथि प्रतिबन्ध लगाएको छ । भर्खरै सम्

विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगायो

काठमाडौं, फागुन २८ : सरकारले विप्लव नेतृत्वको नेकपा माओवादीमाथि प्रतिबन्ध लगाएको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेको हो । 

मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव माओवादीलाई सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास सफल नभएको जानकारी गराएका थिए । उनले एनसेल बम काण्ड, बसुन्धरा बम काण्ड र विभिन्न क्षेत्रमा चन्दा आतंक लगायत विप्लव समूहका पछिल्ला गतिविधिबारे व्रिफिङ गरेका थिए ।

सरकारले तीन सातापछि आयोजना गर्न लागेकाे लगानी सम्मेलनको मुखमा विप्लव माओवादीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । अघिल्लो सातामात्रै विप्लव माओवादीका कार्यकर्ता सेनाका हतियार सहित पक्राउ परेका थिए । विप्लव माओवादीको चन्दा आतंकले काम गर्न नसकिने वातावरण बनेको भन्दै स्थानीय तहका कर्मचारी, जनप्रतिनिधिहरुले सरकारलाई गुहार्दै आएका थिए । 

केही दिनअघि मात्रै सरकारले मधेसमा छुट्टै राज्यको माग गर्दै आन्दोलनरत सिके राउतसँग सम्झौता गरेको थियो । 
 

प्रकाशित मिति: २०:११ बजे, मंगलबार, फागुन २८, २०७५