Kathmandu Press

बारा-पर्सा हुरीबतास प्रभावितका घर निर्माणको जिम्मा नेपाली सेनालाई

काठमाडौं, चैत २८ : बारा र पर्साका हुरीबतास प्रभावितको घर निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। 

हालै बसेको मन्त्रिपरिषद् ब....

बारा-पर्सा हुरीबतास प्रभावितका घर निर्माणको जिम्मा नेपाली सेनालाई
फाइल फोटो

काठमाडौं, चैत २८ : बारा र पर्साका हुरीबतास प्रभावितको घर निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। 

हालै बसेको मन्त्रिपरिषद् बैठकले बारा र पर्साका हुरीबतासबाट प्रभावितको पुनःस्थापना तथथा घर पुनःनिर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए। 

मन्त्री बाँस्कोटाले प्रदेश नम्बर २ का मुख्य सचिवको संयोजकत्वमा शहरी विकास कार्यालयअन्तर्गत जनता आवास कार्यक्रमसँग सम्बन्धित प्रतिनिधि, रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाका प्रतिनिधि, बारा र पर्साका प्रजिअसहितको पाँच सदस्यीय पुनःस्थापना तथा घर पुनःनिर्माण सहजीकरण र समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए। 

बैठकले जनता आवास कार्यक्रममा पूर्वनिर्धारित प्रति एकाई आवास लागत बजेट सीमाभित्र रहेर वर्षायाम शुरु हुनअगावै विपद् प्रभावितको क्षतिग्रस्त एवं उजाड घरको पुनःनिर्माण गर्ने व्यवस्था मिलाउने र घर निर्माण कार्य सम्पन्न गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको सञ्चारमन्त्री बाँस्कोटाले बताए।

गत चैत १७ गते राति बारा र पर्साका विभिन्न क्षेत्रमा आएको हुरीबतासका कारण २८ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी घाइते भएका थिए। 
 

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, चैत २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्