Kathmandu Press

मन्त्री अधिकारीको शव पोखरा ल्याइयो

पोखरा, फागुन १७ : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्

मन्त्री अधिकारीको शव पोखरा ल्याइयो
काठमाडौं प्रेस

पोखरा, फागुन १७ : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ ।

शुक्रबार दिउसो काठमाडौंबाट नेपाली सेनाको जहाजमा अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा ल्याइएको हो । मन्त्री अधिकारीका आफन्तजन, नेकपा पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका थिए ।

उनको शवलाई नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ । श्रद्धाञ्जलिपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, फागुन १७, २०७५