हिउँले चहकिलो चन्द्रागिरी
काठमाडौं, फागुन १६ : आज बिहानै काठमाडौं उपत्यकाका पहाडी क्षेत्रमा अत्यधिक हिमपात भएको छ । चन्द्रागिर
काठमाडौं, फागुन १६ : आज बिहानै काठमाडौं उपत्यकाका पहाडी क्षेत्रमा अत्यधिक हिमपात भएको छ । चन्द्रागिरीलगायतका पहाड सेताम्य भएका छन् ।
चन्द्रागिरीमा एक फुटसम्म हिउँ जमेको छ । चन्द्रागिरी हिल्सका अनुसार, हिमपातले सबै संरचना ढाएिका छन् ।
त्यस्तै, भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा बाक्लो हिउँ परेको छ ।
भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ ।
हिमपातका कारण चन्द्रागिरी, नगरकोट, घ्याम्पेडाँडा लगायतका क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ । हिउँ खेल्न बिहानैदेखि घुइचो लागेको छ ।
प्रकाशित मिति: ११:०१ बजे, बिहीबार, फागुन १६, २०७५
थप समाचार






