हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको निधन
काठमाडौं, फागुन १५ : हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ ।
काठमाडौं, फागुन १५ : हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ ।
बुधबार दिउसो १ः३० बजे ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्किने क्रममा एयर डायनेस्टीको ९ एन–एएमाई हेलिकप्टर पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका आन्तरिक विमानस्थल विभाग प्रमुख देवानन्द उपाध्यायले बताए । उनका अनुसार, चालकदलका सदस्यसहित हेलिकप्टरमा सवार सातै जनाको शव भेटिएको छ ।
यो पनि पढ्नुहोस् : हेलिकप्टर दुर्घटनामा ६ जनाको शव फेला, एकको खोजी जारी
यो पनि पढ्नुहोस् : हेलिकप्टर हिउँमा ठोक्किएर दुर्घटनाग्रस्त, प्रहरी घटनास्थलमा : लालबाबु पण्डित
दुर्घटनामा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, ईन्जिनियर ध्रुवदास भोछिभया, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको निधन भएको हो । त्यस्तै, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीको पनि दुर्घटनामा निधन भएको छ ।
मन्त्री अधिकारी तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न त्यतितिर गएका थिए । बिहान साढे ८ बजे काठमाडौंबाट उडेको हेलिकप्टर सिधै चुहानडाँडा पुगेको थियो । उनी त्यहाँ आयोजित कार्यक्रममा सहभागि भएका थिए ।
यो पनि पढ्नुहोस् : हेलिकप्टरमा यति एयरलाइन्सका आङछिरिङ र प्रधानमन्त्रीका स्वकीय सचिव दाहालसहित ६ जना सवार
यो पनि पढ्नुहोस् : पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर पाथीभराबाट हरायो
त्यसपछि फर्किने क्रममा ताप्लेजुङको पाथिभरा दर्शनका लागि गएका हुन् । पाथीभराको दर्शन गरेर फर्किने क्रममा दिउसो १ः३० बजे हेलिकप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।






