Kathmandu Press

हेलिकप्टर दुर्घटनामा ६ जनाको शव फेला, एकको खोजी जारी

काठमाडौं, फागुन १५ : पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना रहेको हेलिकप्टर दुर्घनाग्रस्त अवस्थामा

हेलिकप्टर दुर्घटनामा ६ जनाको शव फेला, एकको खोजी जारी

काठमाडौं, फागुन १५ : पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना रहेको हेलिकप्टर दुर्घनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका आन्तरिक विमानस्थल विभाग प्रमुख देवानन्द उपाध्यायले दुर्घटनाग्रस्त स्थलमा ६ जनाको शव भेटिएको बताए । उनका अनुसार, शव नचिनिने अवस्थामा छन् ।

दुर्घटनामा हराइरहेका एक जनाको खोजी भइरहेको छ । घटनास्थलमा प्रहरी टोली पुगेर खोजी गरिरहेको छ ।

हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङ छिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार रहेका थिए । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए ।

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, फागुन १५, २०७५