पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर पाथीभराबाट हरायो
काठमाडौं, फागुन १५ : पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङको पाथीभराबाट हराएको छ
काठमाडौं, फागुन १५ : पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङको पाथीभराबाट हराएको छ ।
आज बिहानदेखि पर्यटनमन्त्री अधिकारी चढेको एयर डायनेस्टीको हेलिकप्टर हराएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए । उनले खोजी भइरहेको जनाएका छन् ।
उनी आज बिहान तेह्रथुम गएका थिए । तेह्रथुमको अठराई गाउँपालिकास्थित चुहानडाँडामा विमानस्थलका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारी हेलिकप्टरमा तेह्रथुम गएका थिए ।
चुहानडाँडाको स्थलगत अध्ययनपछि उनी पाथिभरातिर गएका थिए । पाथिभरा दर्शन गरेर फर्किने क्रममा हेलिकप्टर हराएको हो ।
एयर डायनेस्टीको एएस ३५० हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । हेलिकप्टरमा ६ जना सवार रहेका थिए ।






