Kathmandu Press

अख्तियार आयुक्त पाठकले दिए राजीनामा

काठमाडौं, फागुन ३ : घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले र

अख्तियार आयुक्त पाठकले दिए राजीनामा

काठमाडौं, फागुन ३ : घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा गरेका छन् ।

राष्ट्रपति कार्यालयमा गएर आयुक्त पाठकले आज अपराह्न १ बजे राजीनामा गरेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, पाठक राष्ट्रपति कार्यालय गएर राजीनामा बुझाएपछि सनाखत गरी उनलाई भरखरै बिदा गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई स्वीकृत गरेपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्नेछ ।

उता नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा महाभियोग दर्ता गर्ने विषयमा छलफल जारी छ । त्यहाँ नेकपाका दोस्रोतहका नेताहरू भेला भएका छन् ।

राजिनामा गरिसकेपछि उनलाई महाभियोग दर्ता गर्ने कि नगर्ने भन्नेबारे छलफल भइरहेको जनाएको छ । घूस प्रकरणमा मुछिएको व्यक्तिलाई राजिनामा दिएकै भरमा उन्मुक्ति दिन नहुने र त्यसो गरेमा राम्रो सन्देश नजाने भन्दै छलफल जारी रहेको बताइएको छ ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेजसम्बन्धी विवाद सल्टाउन भनि आयुक्त पाठकले पटक–पटक गरी ७८ लाख रूपैयाँ घूस बुझेको उनले स्वीकार गरेको भिडियो रेकर्ड सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, फागुन ३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्