Kathmandu Press

सरकारले पब्जी खेलमाथि लगायो प्रतिबन्ध 

काठमाडौं, चैत २८ : सरकारले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ। बिहीबारदेखि नै नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको हो।&nb....

सरकारले पब्जी खेलमाथि लगायो प्रतिबन्ध 
फाइल फोटो

काठमाडौं, चैत २८ : सरकारले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ। बिहीबारदेखि नै नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको हो। 

आत्महत्याका घटना बढ्न सक्ने भन्दै रोक्न निर्देशन दिएपछि प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। 

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पब्जी खेल बन्द गर्न सरकारलाई आग्रह गरेको थियो। प्रहरीको आग्रहपछि सरकारले प्राधिकरणलाई खेलमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो।

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, चैत २८, २०७५