Kathmandu Press

अब कुनै नेपालीले मागेर बस्न पर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि ....

अब कुनै नेपालीले मागेर बस्न पर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बर्ताका छन्। उनले निजी क्षेत्रबाटै मुलुकको समृद्धि हासिल गर्ने लक्ष्य पूरा हुने भएकाले सबैसँग हातेमालो गरेर अघि बढ्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि नेपालीले मागेर बस्न नपर्ने बताए। उनले नेपालमा पेट्रोल उत्खनन गरिने समेत बताए। ‘नेपालको आफ्नै पेट्रोल हुनेछ,’ प्रधानमन्त्री ओलीले भने,‘आयात आयतन घटाउन छिट्टै नेपालले आफ्नै पेट्रोल उत्पादन गर्नेछ।’ 

उनले देश मुहार परिवर्तनको विन्दूमा भएको बताए। उनले २०७५ का दिन त्यतिकै खेर नफालेर ठूला परिवर्तन गरेकोसमेत बताए। उनले भने, ‘संविधानले सैद्धान्तिक तहमा उल्लेख गरेका कुरा कानून बनाएर ल्यायौं।’ एक तहबाट अर्काे तहमा उक्लनु पर्ने भएकाले नै लगानी सम्मेलन गरिएको उनको तर्क थियो।

पीपीपी मोडलमा काम गर्न सरकार तयार रहेको बताउँदै उनले ५५ प्रतिशत निजी क्षेत्रको हुनुपर्ने उल्लेख गरे। प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रमा भएका कानूनी  बाधा अड्चन हटाउन आफूले सक्दो सहयोग गर्ने बताए। 
 

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, चैत २८, २०७५