डा.केसीले १६ औं आमरण अनशन तोडे
काठमाडौं, माघ १८ : डा.गोविन्द केसीले १६औ अनशन तोडेका छन् । सरकारले डा.केसीसँग गरेको सम्झौता विपरित र
काठमाडौं, माघ १८ : डा.गोविन्द केसीले १६औ अनशन तोडेका छन् । सरकारले डा.केसीसँग गरेको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको दुवै सदनबाट पारित गरेपछि उनले नागरिक समाजको आग्रहमा एकलौटी रुपमा अनशन तोडेका हुन् । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएका थिए ।

हिजोको हाम्रो सम्पादकीय पनि पढ्नुहोस् : अनशन तोड, संघर्ष जारी राख
अनशन तोड्नेक्रममा उनले जारी गरेको अपिलमा सबै नागरिकप्रति धन्यावाद व्यक्त गरेका छन् ।
डा.केसीले अनशन तोडेपनि चिकित्सा शिक्षा विधेयकमा नपरेका विषयहरुका लागि निरन्तर संघर्ष जारी रहने उल्लेख गरेका छन् ।
‘तर चिकित्सा शिक्षा विधेयकमै सम्बन्धनका प्रावधान लगायतमा सुधारको जति काम सरकारको बदनियतका कारण अधुरो रहन गएको छ, त्यो पूरा गर्न तथा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न म निरन्तर फरक रुपमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु’डा.केसीले अनशन तोड्नक्रममा जारी गरेको अपिलमा भनिएको छ ।

डा.केसीले यसअघिको सम्झौता अनुसार ऐन संशोधन नगरे निरन्तर संघर्ष जारी राख्ने पनि उल्लेख गरेका छन् । ‘अझै पनि हामीसँग यस अगाडि भएको सम्झौताअनुसार ऐन सच्याउन सरकारलाई समय दिंदै सो ऐन नसच्याइएमा तथा अहिलेसम्मका उपलब्धि उल्टाउन खोजिएमा निरन्तर संघर्ष जारी राख्ने प्रण गर्दछु’ डा.केसीले भनेका छन् ।
डा.केसीको अपिल
.jpg)







