Kathmandu Press

सेवा शुल्क खारेजको निर्णय फिर्ता गर्न मजदुर सङ्गठनको २४ घन्टे अल्टिमेटम

काठमाडौं, माघ १६ : मजदुर सङ्गठनहरुले २४ घन्टा भित्र सेवा शुल्क खारेज गर्ने निर्णय सच्याउन रेबानसंग म

सेवा शुल्क खारेजको निर्णय फिर्ता गर्न मजदुर सङ्गठनको २४ घन्टे अल्टिमेटम

काठमाडौं, माघ १६ : मजदुर सङ्गठनहरुले २४ घन्टा भित्र सेवा शुल्क खारेज गर्ने निर्णय सच्याउन रेबानसंग माग गरेका छन् । मजदुर सङ्गठनहरुले आज बिहान दरबारमार्गमा भेला गरेर २४ घन्टे अल्टिमेटम दिएका हुन् ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले मंगलबार १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध तीन संगठनले बुधबार भेला गरी रेबानलाई फिर्ता गर्न दवाव दिएका हुन् ।

तत्कालिन एमाले निकट होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन, त्यस्तैगरी तत्कालिन माओवादी निकट अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संघ र कांग्रेस निकट नेपाल स्वतन्त्र होटेल संघले संयुक्त भेला गरेका हुन् । 

रेबानले १० प्रतिशत सेवाशूल्क खारेज फिर्ता नलिए उपत्यकाका सबै रेष्टुरेण्ट बन्द गर्ने र रेबानका उच्च पदाधिकारीलाई मोसो समेत दल्ने अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संघमा महसचिव मुक्ती दाहालले बताए ।

‘ग्राहकलाई मेनुको मूल्य धेरै महंगो भएको अनुभव भए साहुले त्यसको मूल्य २० देखि ४० प्रतिशत घटाए हुन्छ तर १० प्रतिशत सेवा शुल्क घटाउने कुरामा हाम्रो घोर विरोध छ,’ दाहालले भने ।  मजदुर युनियनका कार्यकर्ताहरुले रेबानको निर्णयको कपी जलाएका थिए ।

युद्धबाट शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र अन्य मजदुर सङ्गठनको दवावमा सन् २००६ मा होटेल एसोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रुपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो ।  

 

 

प्रकाशित मिति: १२:२९ बजे, बुधबार, माघ १६, २०७५