Kathmandu Press

गिरिजाप्रसाद र सुशील कोइराला अस्पताल केन्द्रकै मातहतमा राख्ने सरकारको निर्णय

काठमाडौं, माघ १५ : सरकारले कांग्रेसका दिवंगत दुई नेताहरुका नाममा रहेका अस्पताल केन्द्र सरकारकै मातहत

गिरिजाप्रसाद र सुशील कोइराला अस्पताल केन्द्रकै मातहतमा राख्ने सरकारको निर्णय

काठमाडौं, माघ १५ : सरकारले कांग्रेसका दिवंगत दुई नेताहरुका नाममा रहेका अस्पताल केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो ।

यसअघि सरकारले नै यि दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो । कांग्रेसले सरकारको उक्त निर्णयको विरुद्धमा संसद अवरोधका साथै सडक आन्दोलन घोषणा गरेको थियो ।

 

प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, माघ १५, २०७५