Kathmandu Press

सरकारी जग्गा किनबेच प्रकरणबारे सरकारले भन्यो–विष्णु पौडेल अपराधी होइन, उहाँलाई झुक्याइएछ

काठमाडौं, चैत २८ : सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा किनबेचमा संलग्न नरहेको दाबी गरेको छ।&....

सरकारी जग्गा किनबेच प्रकरणबारे सरकारले भन्यो–विष्णु पौडेल अपराधी होइन, उहाँलाई झुक्याइएछ
फाइल फोटो

काठमाडौं, चैत २८ : सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा किनबेचमा संलग्न नरहेको दाबी गरेको छ। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पौडेल जग्गा खरिद गर्दा ठगिएको स्पष्ट स्पष्ट पारेका हुन्। उनले प्रधानमन्त्रीको सरकारी निवासको जग्गा किनबेच नभएको पनि दाबी गरे।

शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसका आधारमा जग्गा किनबेचमा रोक लगाइएको बताउँदै उनले भने,‘जग्गा किनबेच भएको छैन, जोडिएको ललिता निवासको कुरा हो।’ मन्त्री बाँस्कोटाले जग्गा खरिद गर्दा महासचिव पौडेल ठगिएको बताए।

उनले भने,‘उहाँ फर्जीमा संलग्न भएको व्यक्ति होइन। उहाँ अपराधी पनि होइन। जसले किन्यो त्यो संलग्न हुँदैन। उहाँलाई झुक्याएर बेचिएछ।’ उनले सरकारी जग्गा किनेको भए कसैलाई पनि नछाड्ने चेतावनी दिए।  सरकारी जग्गा हिनामिना भएको भए सरकारले आफ्नो मातहतमा ल्याउने उनले बताए।
 

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, चैत २८, २०७५