‘हुन्न’लाई ‘हुन्छ’ बनाउन सभामुखको आदेश
काठमाडौं, माघ १३ : सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गराउँदा आफूले प्रतिनिधिसभा
काठमाडौं, माघ १३ : सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गराउँदा आफूले प्रतिनिधिसभा बैठक सञ्चालन गर्दा दिएको अभिव्यक्तिको ‘रेकर्ड’ सच्याउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् । संसद्को रेकर्ड सच्याउन पूर्ण बैठकमै आदेश दिने परम्परा भए पनि सचिवालयलाई सिधै आदेश दिएका हुन् ।
सभामुख महराले शुक्रबारको बैठकमा विधेयकको प्रक्रिया अघि बढाउँदा ‘हुन्छ भन्ने पक्षमा बहुमत पुगेकोले’ भन्नुपर्ने ठाउँमा आत्तिएर पढ्दा ‘हुन्न भन्ने पक्षमा बहुमत पुगेकोले’ भनेका थिए । ‘यो विधेयक निर्णयार्थ पेश गरी हाउसबाट पारित गर्दाको अभिव्यक्ति थिएन, प्रतिवेदन अघि बढाउँदाको थियो’, संसद् सचिवालयका एक कर्मचारीले भने, ‘त्यसैले सभामुखले नै सच्याउन आदेश दिन सक्ने विषय हो । उहाँले नै आदेश दिने हो । भोलिको रेकर्डमा सही बसोस् भनेर सच्याएर राख्न आदेश दिनुभएको छ ।’
संसद् सञ्चालनको लाइभ भिडियो यु–ट्युब च्यानलमा गइसकेकोले त्यो भने सच्याउन मिल्ने छैन । त्यसैले रेकर्ड मात्र सच्याउन लागेको आदेश दिएको सचिवालयले जनाएको छ ।
संसद्को रेकर्ड मेटाउन पूर्ण बैठकमै त्यहाँ भएको ‘रेकर्ड’ जस्ताको त्यस्तै उच्चारण गरी मेटाउन आदेश दिएपछि सभामुखले मेटाउने रेकर्ड जस्ताको त्यस्तै उच्चारण गरी मेटाउन आदेश दिनुपर्ने अभ्यास छ ।
याे पनि पढ्नुस् : चिकित्सा शिक्षा विधेयक पारित नभएको भन्दै सर्वोच्चमा रिट






