Kathmandu Press

संविधान, कानुनभन्दा माथि कोही हुँदैन: प्रधानमन्त्री

काठमाडौं, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा.गोविन्द केसीलाई लक्षित गर्दै संविधानमाथि

संविधान, कानुनभन्दा माथि कोही हुँदैन: प्रधानमन्त्री
रासस

काठमाडौं, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा.गोविन्द केसीलाई लक्षित गर्दै संविधानमाथि कोही नहुने बताएका छन् ।

स्वीट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा सहभागि भएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै सबै मर्यादामा बस्नु पर्ने बताए । अनसनरत डा.केसीलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘‘संविधान, कानुनभन्दा माथि कोही हुँदैन । सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्छ ।”

पत्रकारले पटकपटक डा.केसीको अनसनका विषयमा प्रश्न गरेपनि प्रधानमन्त्री ओलीले स्पष्ट जवाफ दिएनन् । उनी घुमाउरो पारामै बोले । ‘‘आवेश र उत्तेजनामा नआई देशको हितमा सोच्नु पर्ने हो,” प्रधानमन्त्रीले भने ।

कांग्रेसको विरोधबीच संसदबाटचिकित्सा शिक्षा विधेयक पारित हुनु स्वभाविक भएको उनको भनाइ थियो ।

यसअघि सरकारले गरेको सहमतिअनुसार, चिकित्सा शिक्षा विधेयक सच्याउनु पर्ने माग गरि डा.गोविन्द केसी १८ दिनदेखि अनसनरत छन् । सरकारले शुक्रबार कांग्रेसको विरोधबीच विधेयक पारित गरेको छ । डा.केसी भने अनसनमै छन् ।

प्रकाशित मिति: १२:२० बजे, शनिबार, माघ १२, २०७५