Kathmandu Press

‘प्रधानमन्त्री नैतिकताबाट च्यूत’ (भिडियो सहित)

काठमाडौं, माघ ११ : त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीले आफूसँग गरेको सम्झौताबमोजिम

 ‘प्रधानमन्त्री नैतिकताबाट च्यूत’ (भिडियो सहित)
रिवाज राई

काठमाडौं, माघ ११ : त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीले आफूसँग गरेको सम्झौताबमोजिम चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाबाट विधेयक पारित भएलगत्तै अनसन स्थल शिक्षण अस्पतालमै पत्रकार सम्मेलन गरी अनसन जारी रहने घोषणासमेत गरे । 

डा. केसीका सहयोगी जीवन क्षेत्रीले पढेर सुनाएको उनको विज्ञप्तिमा भनिएको छ, ‘आफैंले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्यूत तथा आफ्नै निर्णयबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।’

डा केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य परीक्षणको माग पनि गरे  विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको निर्णय क्षमता, उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनुपर्ने दुर्भाग्यपूर्ण कुरा हो ।’ 

सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै डा. केसीका सहयोगी क्षेत्रीले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य धेरै पब्लिक डोमेनमा भएकै कुरा हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र नभएर कुनै पनि सार्वजनिक पदमा हुने मान्छेले सानोदेखि ठूलो पदसम्म निरोगिता र त्यो कामको लागि योग्य छ भन्ने लिएर गर्नुपर्छ । ‘निर्णय क्षमता प्रभावित भएको भनेर डा. केसीको विज्ञप्तिमा आएको छ, यसलाई थप पुष्टि गर्न यहाँहरू स्वतन्त्र हुनुहुन्छ ।’ 

प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, माघ ११, २०७५