न्यायाधीश नियुक्तिको सिफारिशप्रति पूर्वन्यायाधीश फोरमको आपत्ति
काठमाडौं, चैत २८ : पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जन....

काठमाडौं, चैत २८ : पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ।
फोरमका महासचिव शम्भुबहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिशले न्यायिक क्षेत्रसँग सम्बद्ध इमान्दार तथा समक्ष व्यक्ति हतोत्साहित भएको जनाएका छन् । यसले न्याय सम्पादनको कार्यमा गम्भीर दुष्परिणाम निम्तिन सक्ने चेतावनी दिइएको छ।
परिषद्ले यही चैत १९ गते सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । उच्च अदालतका न्यायाधीशले बुधबार नै पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन्।











