Kathmandu Press

सुख्खा बन्दरगाहको काम १५ दिनदेखि ठप्प

काठमाडौं, चैत २८ : कीर्तिपुर नगरपालिकाको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको काम १५ दिनदेखि ठप्प भएको छ।

वर्षाले गर्दा सुख्खा बन्दरगाको का....

सुख्खा बन्दरगाहको काम १५ दिनदेखि ठप्प

काठमाडौं, चैत २८ : कीर्तिपुर नगरपालिकाको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको काम १५ दिनदेखि ठप्प भएको छ।

वर्षाले गर्दा सुख्खा बन्दरगाको काम रोकिएको बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको छ । लगातार पानी पर्न थालेपछि १५ दिनदेखि काम रोकिएको विभागका प्रवक्ता रविशंकर जैसीले बताए । वर्षा रोकिने वितिक्कै काम पुनः सुचारु हुने उनको भनाइ छ।

स्थानीय बासिन्दाको विरोध पनि जारी छ । उचित मुआब्जाको माग गर्दै स्थानीय बासिन्दाले विरोध गरिरहेका हुन्।

Hardik ivf

चोभारको धार्मिक तथा सांस्कृतिक महत्व मासिने र वातावरणमा असर पर्ने भन्दै स्थानीयले विरोध जारी राखेको हु । सरकारले बिना अध्ययन निर्माण गर्न थालेकाले विरोध गर्नु परेको स्थानीय पञ्चलाल महर्जनले भने । ‘हिमाल सिमेन्ट हुँदा पनि ठूला संरचना बनाउन दिन्नौ भनेकै हौं । अहिले पनि भन्दै छौं । यो पनि रोकन्छि,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ माघ ३ मा स्थानीय बासिन्दाको विरोधबीच नै सुख्खा बन्दरगाहको शिलान्यास गरेका थिए।

यसका लागि विश्व बैंकले एक अर्ब ५७ करोड रुपैयाँ सहयोग गरेको छ । पहिलो चरणको कामका लागि सान्छी–आशिष जेभी, भरतपुरलाई ठेक्का दिएको छ।

यसका लागि एक अर्ब २८ करोड १० लाख ५० हजारमा ठेक्का सम्झौता भएको छ । पहिलो चरणको काम २०७६ साउन १७ गतेभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ।

त्यस्तै, दोस्रो चरणको कामको ठेक्का लुम्बिनी कोशी एन्ड न्यौपाउने जेभीलाई ठेक्का दिइएको छ । २० करोड १४ लाख ८७ हजारमा भएको ठेक्का सम्झौताअनुसार, सन् २०२० सम्म काम सक्नु पर्ने छ।

सुख्खा बन्दरगाहलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । तर, स्थानीयको गुनासो भने सम्बोधन गर्न पहल गरेको छैन्।

 

 

 

 

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, चैत २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्