Kathmandu Press

जीप दुर्घटनामा पूर्वसांसद भण्डारीसहित दुईको मृत्यु

गुल्मी, चैत २८ : जीप दुर्घटनामा पूर्वसांसद रुद्रमणि भण्डारीसहित दुई जनाको मृत्यु भएको छ।

बिहीबार बिहान गुल्मीको मालिका गाउँपालिकाबाट बुटवल ज....

जीप दुर्घटनामा पूर्वसांसद भण्डारीसहित दुईको मृत्यु

गुल्मी, चैत २८ : जीप दुर्घटनामा पूर्वसांसद रुद्रमणि भण्डारीसहित दुई जनाको मृत्यु भएको छ।

बिहीबार बिहान गुल्मीको मालिका गाउँपालिकाबाट बुटवल जादै गरेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका–१ पौदीअमराईमा  दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वसांसद भण्डारी र मालिका गाउँपालिका-१ रोशन बिक मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा आठ जना घाइते भएका छन् । जीप एक सय मिटर तल खसेको जनाएको छ।

भण्डारी नेपाली कांग्रेसको तर्फबाट ०४८ मा गुल्मी–३ बाट निर्वाचित भएका थिए।

 

प्रकाशित मिति: ११:०७ बजे, बिहीबार, चैत २८, २०७५