Kathmandu Press

सरकारका गतिविधि मुलुकको हित विपरित : नेता सिंह

पोखरा, चैत २८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारका गतिविधि मुलकुको हितविपरित भएको आरोप लगाएका छन्।

कांग्रेस जिल्ला कोषाध्यक्षहर....

सरकारका गतिविधि मुलुकको हित विपरित : नेता सिंह

पोखरा, चैत २८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारका गतिविधि मुलकुको हितविपरित भएको आरोप लगाएका छन्।

कांग्रेस जिल्ला कोषाध्यक्षहरूको तेस्रो रास्टि«य भेलामा सहभागी हुन पोखरा पुगेका नेता सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले जनवादी केन्द्रीयता लागू गर्न खोजेको उनको भनाइ थियो । ‘सरकारका हरेक गतिविधि मुलुकको हित बिपरित हुँदै गएका छन्’ उनले भने।

सरकारका हरेक निर्णय संविधानको मर्म र भावना विपरित हुँदै गएको उनको आरोप थियो । विधि र प्रक्रिया लत्याउने काम भइरहेको नेता सिंहले बताए।

कांग्रेसले पनि पुनर्ताजगी गर्नु पर्ने बेला आएको उनको भनाइ थियो । उनले पार्टीका आर्थिक गतिविधि पारदर्शी हुनुपर्ने बताए । नेता सिंहले आर्थिक गतिविधि पारदर्शी बनाउँदा जनमानसमा पनि सकारात्मक प्रभाव पर्ने बताए।

कांग्रेस कोषाध्यक्षहरूको भेला आजै सुरु हुँदै छ । भेलाको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, चैत २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्