यसरी सुरू भयो बिस्केटजात्रा (फोटो फिचर)
भक्तपुर, चैत २७ : भक्तपुरमा बुधबारदेखि बिस्केटजात्रा सुरु भएको छ। ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा बुधबार बिहान ....
भक्तपुर, चैत २७ : भक्तपुरमा बुधबारदेखि बिस्केटजात्रा सुरु भएको छ। ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा बुधबार बिहान भैरबनाथको पूजा भएसँगै शुरु भएको हो। स्थानीयवासीको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा शुरु भएको गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।

नयाँ वर्षको चार दिन अगाडिदेखि शुरु भई नयाँवर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केटजात्रा भक्तपुरबासीले आठ रात ९ दिनसम्म धुमधामका साथ मनाउने गरेका छन्। जात्राको पहिलो दिन भैरब र भद्रकालीको पूजा गरी अपरान्हबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा छ।

परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केटजात्रा “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याइ फर्काउने प्रचलन छ। रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ।
भैरवनाथको रथमा तलेजुका पूजारी र तलेजुका नाइके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा सकेर रथ तान्न शुरु गरिन्छ। चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो् उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ। यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेअनुसार यो जात्रालाई शत्रुहन्तजात्रा पनि भन्ने गरिन्छ।
किम्बदन्तीअनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन्। राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमार आए तर जसले राजकुमारीसँग बिहे गर्थे ऊ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो। राजाले आफ्नो शयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पुर्याउने मलामी गुठी नै सञ्चालनमा ल्याएका थिए।

नेपाल सम्वत २६८ अर्थाते लिच्छवी कालभन्दा अगाडिको यो जात्रा नागनागिनी मारिएको खुशीयालीमा मनाउन लागेको र यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ। त्यसपछि नेपाल सम्बत् ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको एवं त्यही प्रचलन आजसम्म चल्दै आएको छ ।










