Kathmandu Press

राप्रपा संयुक्तको टिप्पणीः सरकारले समृद्ध नेपालको गफ लगाउनु भैंसीसामू बिनबाजा बजाउनु जस्तै

काठमाडौं, चैत २७ : राप्रपा (संयुक्त)ले दुई तिहाई बुहमतको कम्युनिष्ट सरकार एक वर्षमै असफल भइसकेको दाबी गरेको छ। उसले सरकार स्थायित्व, शान्ति, सुरक्षा र....

राप्रपा संयुक्तको टिप्पणीः सरकारले समृद्ध नेपालको गफ लगाउनु भैंसीसामू बिनबाजा बजाउनु जस्तै

काठमाडौं, चैत २७ : राप्रपा (संयुक्त)ले दुई तिहाई बुहमतको कम्युनिष्ट सरकार एक वर्षमै असफल भइसकेको दाबी गरेको छ। उसले सरकार स्थायित्व, शान्ति, सुरक्षा र सुशासनमा चुकेको भन्दै राप्रपा संयुक्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को प्रतिवद्धता पूरा गर्न नसक्ने आरोप लगाएको हो।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राप्रपा संयुक्तका अध्यक्ष पशुपति शम्शेर जबराले एक वर्षमा वर्तमान सरकारले आफ्नो हविगत र हैसियत देखिइसकेको बनाए। एनले सुशासन र समृद्धका निम्ति गाउँ–गाउँमा सिंहदरबार भन्ने नारालाई सत्तारुढ दलले गाउँ–गाउँमा संगठित संस्थागत भ्रष्टाचार तथा कुशासनमा रुपान्तरण गरिरहेको आरोप लगाए।

रेल, पानीजहाज र मेट्रो रेलको सपना बाँडेर तीनै तहका सरकार संगठित नियोजित रुपमा जनतालाई धान्नै नसक्ने करको भारी बोकाएको उनले आरोप लगाए। उनले सरकारले समाजवादका नाममा नीतिगत र संस्थागत भ्रष्टाचारलाई बढवा दिएको बताए। ३३ किलो सुन, वाइडवडी विमान खरिदकाण्ड, बूढीगण्डकीको ठेक्का र महालेखाले स्थानीय तहमा भएका भ्रष्टाचार र अनियमितता औंल्याउँदा पनि सरकार मौक बसेको उनको आरोप छ।

जबराले संगठित रुपमा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन दिने सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को गफ लगाउनु भैंसीसामू  विनबाजा बजाउनु जस्तै भएको टिप्पणी गरे। उनले न्यायालयदेखि सबै संवैधानिक अंगलाई दलीयकरण गर्ने र अदालतका निर्णय प्रभावित गरेर शक्ति पृथकिकरणको सिद्धान्त, भावना र मर्ममाथि प्रहार गर्न सरकारले खोजिरहेको बताए।

प्रकाशित मिति: १९:१२ बजे, बुधबार, चैत २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्