Kathmandu Press

हायात होटलको अनियमितताबारे छानविन गर्दा ठूलो दबाब आएको थियोः  सापकोटा 

काठमाडौं, चैत २७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमिति....

हायात होटलको अनियमितताबारे छानविन गर्दा ठूलो दबाब आएको थियोः  सापकोटा 

काठमाडौं, चैत २७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानविनका क्रममा आफूलाई ठूलो दबाब आएपनि प्रभावमा नपरी प्रतिवेदन तयार पारेको स्पष्ट पारेका छन्। 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको एक सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएका छौं। हामीले सरकार र अख्तियारलाई सहयोग पुग्ने गरी नै प्रतिवेदन ल्याएका छौं।’ उनले भने,‘अहिले हाम्रो देशमा बहु–आयामिक भ्रष्टाचार व्याप्त रहेको छ भन्ने कुरा उजागर भएको छ। एकपछि अर्को गरेर भ्रष्टाचार र अनियमितताका कुरा बाहिर आएका छन्।’

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएको कुरा बाहिर आएको सुनाउँदै यो लज्जाको विषय भएको उनको टिप्पणी छ। उनले भने,‘भू-माफिया र जग्गा दलालहरु सल्बलाए, यो त दुःखको कुरा हो। मुलुक अहिले भ्रष्टाचारको सिकञ्जामा परेको छ।’ उनले आफूहरुले तारागाउँ होटलकै सवालमा पनि सत्यको अन्वेषण गरेको सुनाए। उनले भने,‘भ्रष्टाचारको नियन्त्रण गर्नुपर्छ। राष्ट्रको सम्पत्ति हिनामिना गर्नेलाई कठघरामा ल्याउनुपर्छ।’

छानविनका क्रममा आवश्यक कागजपत्र माग्दा अर्थमन्त्रालयले धेरै वर्ष पूरानो कुरा भएको र त्यसको अभिलेख भेटिएन भनेर जवाफ दिएको उनले बतनाए। उनले भने,‘हाम्रो सरकारी निकाय जिम्मेवार छैनन् भन्ने कुरा यसले देखाएको छ।’ भू-माफियाहरुले मालपोत कार्यालयका अधिकारी, कम्पनी रजिष्ट्रारका पदाधिकारी, सरकारी प्रतिनिधिहरुलाई प्रभावमा पारेर सरकारी सम्पत्ति हडप्नेगरि ठूला–ठूला निर्णय गर्न सफल भएको भन्दै उनले त्यसतर्फ राज्यको विशेष ध्यान जान जरुरी रहेको बताए।
 

प्रकाशित मिति: १६:२२ बजे, बुधबार, चैत २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्