Kathmandu Press

वैशाख ९ सम्म पार्टी एकता टुंगिन्छः प्रचण्ड 

काठमाडौं, चैत २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ सम्म तल्लो तहसम्मको पार्टी एकता टुंगिने बताएका छन्।....

वैशाख ९ सम्म पार्टी एकता टुंगिन्छः प्रचण्ड 

काठमाडौं, चैत २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ सम्म तल्लो तहसम्मको पार्टी एकता टुंगिने बताएका छन्। 

माडीमा बुधबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन वैशाख ९ गतेभित्र तल्लो तहसम्मको कमिटी सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताएका हुन्।  उनले चितवनको विषयमा कुनै समस्या नभए पनि अन्य केही जिल्लामा समस्या देखिएका कारण एकतामा ढिलाइ भएको जानकारी दिए।

प्रचण्डले स्थानीय तहमा हुने गतिविधिमा सघाउन कार्यकर्तालाई निर्देशन दिए। उनले निकुञ्ज ऐनयुद्धस्तरमा बनिरहेको र जनतामैत्री ऐन बन्ने उनले दाबी गरे। निकुञ्जका कारण जनताले दुःख नपाउने गरी छिट्टै जनमैत्री निकुञ्ज ऐन आउने उनको भनाइ थियो। 

प्रकाशित मिति: १६:१२ बजे, बुधबार, चैत २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्