नेकपा महासचिव पौडेलले भने–जग्गा हिनामिनामा मेरो र परिवारको संलग्नता छैन
काठमाडौं, चैत २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जग्गा हिनामिनामा आफू र आफ्नो परिवारका सदस्यको कुनै संलग्नता नर....

काठमाडौं, चैत २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जग्गा हिनामिनामा आफू र आफ्नो परिवारका सदस्यको कुनै संलग्नता नरहेको दाबी गरेका छन्।
बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा रहेको कुरा बाहिर आएपछि बुधबार विज्ञप्ति जारी गरी महासचिव पौडेलले आफू र आफ्नो परिवारका सदस्यका नाममा गैरकानूनी जग्गा नरहेको र जग्गा हिनामिनामा कुनै संलग्नता नरहेको दाबी गरेका हुन्।
‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रे्रस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएकाले जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु,’पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी प्रकाशित समाचारप्रति दुःख पनि व्यक्त गरेका छन्।











