Kathmandu Press

तेल र घ्यूमा मिसावट, १६ उद्योगविरुद्ध मुद्दा

काठमाडौं, चैत २७ : देशभरका विभिन्न उद्योगले उत्पादन गर्ने तोरी तथा सूर्यमुखी तेल र घ्यूमा पनि मिसावट पाइएको छ । स्वास्थयलाई हानि पुर्‍याउने मिसावट....

तेल र घ्यूमा मिसावट, १६ उद्योगविरुद्ध मुद्दा

काठमाडौं, चैत २७ : देशभरका विभिन्न उद्योगले उत्पादन गर्ने तोरी तथा सूर्यमुखी तेल र घ्यूमा पनि मिसावट पाइएको छ । स्वास्थयलाई हानि पुर्‍याउने मिसावट पाइएपछि १६ उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका विभिन्न क्षेत्रमा उत्पादन तथा बिक्री भइरहेको प्रशोधित तोरी, सूर्यमुखि, सोयाबिन, सनफ्लावर, पामोलिन तेल र बनस्पति घ्यूको परीक्षण गरेको थियो । परीक्षणका क्रममा मिसावट गरिएको, न्यूनगुणस्तरको तथा स्वास्थ्यलाई हानिकार पदार्थ भेटिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए।

Hardik ivf

विभागले अनुगमनपछि गरेको परीक्षणमा बाराका धेरै उद्योगमा न्यून गुणस्तरीय तेल तथा घ्यू उत्पादन हुने गरेको भेटिएको छ । बाराका १३ वटा घ्यू तथा तेल उद्योगका उत्पादनमा न्यून गुणस्तर भेटिएको प्रवक्ता वस्तीले बताए।

विभागका अनुसार, बाराका गणपति बनस्पति उद्योग, श्रीकृष्ण आयल एन्ड रिफाईनरी, शिवशक्ति घ्यू उद्योग, अन्नपूर्ण भेजिटेवल प्रोडक्टस, जय माँ लक्ष्मी डेरी उद्योग, एग्रो प्रोसेसिङ उद्योग, नारायणी आयल रिफाइनरीमा न्यून गुणस्तरको घ्यू तथा तेल भेटिइएको हो।

त्यस्तै, काठमाडौंको वैद्यनाथ घ्यू उद्योग, तुलनासा डेरी उद्योग र मोर्डन डेरीमा पनि न्यून गुणस्तरको उत्पादन भेटिएको विभागले जनाएको छ।

विभागले घ्यू र तेलमा न्यून गुणस्तर भेटिएका सबै उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ अन्तर्गत मुद्दा दायर गरिएको प्रवक्ता वस्तीले बताए।

मुद्दा दर्ता गर्नु अघि पनि विभागले एक हजार तीन सय एक नमुना संकलन गरेर परीक्षण गरेको थियो।

 

प्रकाशित मिति: १२:१० बजे, बुधबार, चैत २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्