उद्योगपति दिवाकर गोल्छाको निधन
काठमाडौं, चैत २७ : उद्योगपति एवं पूर्वसांसद दिवाकर गोल्छाको मंगलबार राति ६७ वर्षको उमेरमा निधन भएको छ।
मिर्गौला रोगबाट पीडित उनको उपचारका क्....
काठमाडौं, चैत २७ : उद्योगपति एवं पूर्वसांसद दिवाकर गोल्छाको मंगलबार राति ६७ वर्षको उमेरमा निधन भएको छ।
मिर्गौला रोगबाट पीडित उनको उपचारका क्रममा भारतको चेन्नेइमा निधन भएको हो। उनको दुई सात अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
६७ वर्षीय गोल्छाको मिर्गौला प्रत्यारोपण गरिएको दुई हप्तामै निधन भएको हो । उनी चेन्नेइमै उपचाररत थिए।
उनी अग्रणी उद्योगी समूह गोल्छा अर्गनाइजेसनका सदस्य हुन् । उनले गोल्छा अर्गनाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनी २०६४ मा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेका थिए।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत भएका थिए।
उनको शव चेन्नेइबाट आजै काठमाडौं ल्याइने जनाएको छ।






