Kathmandu Press

सगरमाथाको उचाइ नाम्प जाने टोलीलाई विदाइ

काठमाडौं, चैत २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गरेका छन्।

बालुवाटारमा ....

सगरमाथाको उचाइ नाम्प जाने टोलीलाई विदाइ

काठमाडौं, चैत २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गरेका छन्।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गरेका हुन् । टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरू खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल रहेका छन्।

पथपदर्शकहरू छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेल टोलीसँगै जाने छन् । उनीहरूलाई पनि प्रधानमन्त्री ओलीले विदाइ गरेका छन्।

विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलोपटक नेपालीले गर्न लागेको उल्लेख गर्दै यस पटक परिणाम नै आधिकारिक हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले आरोहीहरूलाई सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना व्यक्त गरे ।

 

प्रकाशित मिति: १०:४७ बजे, बुधबार, चैत २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्