Kathmandu Press

डडेल्धुरामा बस दुर्घटना हुँदा २३ घाइते

डडेल्धुरा, चैत २७ : डडेल्धुरामा मंगलबार राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना ४ ख ६८३६ नं....

डडेल्धुरामा बस दुर्घटना हुँदा २३ घाइते

डडेल्धुरा, चैत २७ : डडेल्धुरामा मंगलबार राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना ४ ख ६८३६ नं.को बस राति २ बजे डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिक दुर्घटना भएको हो।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते कञ्चनपुरको कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप  उपचारका लागि धनगढी लगिएको छ।

अन्य २२ जना घाइतेको अवस्था सामान्य रहेको छ । उनीहरूको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान छ।

प्रकाशित मिति: १०:३५ बजे, बुधबार, चैत २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्